Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिसस कालिकोटमा प्रमुखमा शाही निर्वाचित


    मंगलबार, जेष्ठ २४ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत।  जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही आज भएको निर्वाचनमा विजयी हुनु भएका हुन् । 
    उपप्रमुखमा माओवादी केन्द्रकै मिना रावत(विश्वकर्मा) विजयी भएकी छन् । 

    जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालीकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । 

    जिल्ला समन्वय समितिमा १८ मत रहेको कालीकोटमा गठबन्धनका उम्मेदवारहरुले १५ मत पाएको र एमालेका उम्मेदवारहरुले २ मत पाएको १ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    त्यस्तै, सदस्यमा माओवादी केन्द्रका ४ जना, नेपाली कांग्रेसका २ जना र १ जना एकीकृत समाजवादीका विजयी भएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार