बैतडी । बैतडीको पाटन नगरपालिकाका निवर्तमान नगर प्रमुख केशवबहादुर चन्दले १४ लाख रूपैयाँ समाजसेवामा खर्चिएको दाबी गरेका छन् ।
सेवा सुविधावापत ५७ महिनामा प्राप्त १९ लाखमध्ये उक्त रकम समाजसेवामा खर्चिएको उनको दाबी छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै चन्दले क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान, स्वर्गीय भानबहादुर चन्द स्मृति कोष स्थापना, कोरोना महामारीका बेला राहत तथा निशुल्क एम्बुलेन्स सेवा, मठ मन्दिरमा आर्थिक सहयोग तथा आर्यघाट व्यवस्थापनसँगै विरामीहरूको औषधी उपचारमा सहयोग गरेको बताए ।
चन्दले अघिल्लो पटक पैसा कमाउन नभई समाजसेवा गर्न नगरपालिकाको प्रमुख पदधारण गरेको बताए ।
उनले भने, ‘म मेयर हुँदा मलाई पैसाको लोभ कहिल्यै भएन । मेरा छोराछोरी विदेशमा छन् । उनीहरूले मासिक खर्च पठाइरहन्छन् । मैले विगतमा निर्माण गरेको एक होटलबाट सवा एक लाख मासिक भाडा आउँछ । त्यसैले सरकारी सेवाबाट आएको पैसा समाजसेवामा खर्चिएको हुँ ।’
उनी नगरप्रमुख हुनु अगाडि नै सांसद हुँदै सहायकमन्त्री भइसकेका छन् । आगामी प्रदेश र संघको निर्वाचनमा टिकट पाए उम्मेदवार बन्ने उनको चाहना छ । सीपी लोहियार/न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend