Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • बालविकास स्कूलमा आठ सय ३३ बालबालिकाहरुको आँंखा जाँंच


    सोमबार, जेष्ठ २३ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर।भक्तपुरको लिवालिस्थित वाल विकास सेकेण्डरी स्कूलले गरेको दुईदिने आँखा शिविर सोमबार सम्पन्न भएको छ । कक्षाकोठामा बस्दा बोर्डमा लेखिएको नदेखिने धेरैको समस्या देखिएकोले तत्काल निरुपनका लागि शिविर गरेको स्कूलले जनाएको छ । तिलगंगा आँंखा केन्द्र अन्तर्गतको सामुदायिक आँखा केन्द्र च्याम्हािसंह भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

    बालबालिकाको पढाईमा थप सहयोग मिलोस् भन्ने हेतुले हरेक वर्ष झै यो वर्ष पनि शैक्षिक सत्रको शुरुवाती दिनमै आखा शिविर संचालन गरिएको जनाइएको छ । शिविरमा कक्षा एकदेखि कक्षा दशसम्मका जम्मा आठ सय ३३ जना बालबालिकाहरु लावान्वित भएका छन् । 

    परीक्षणका क्रममा केही बढी समस्या देखिएका विद्यार्थीहरुलाई सामुदायिक आखा केन्द्र च्याम्हासिंह रेफर गरी अभिभावकलाई सो सम्बन्धि जानकारी दिने कार्य पनि गरिएको जनाइएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार