Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम :चार प्रदेशमा मेघगर्जनसहित बर्षाको सम्भावना


    सोमबार, जेष्ठ २३ २०७९
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशका चार प्रदेशमा आज  मेघगर्जनसहित बर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव छ । पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    अहिले प्रदेश नम्बर(१, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली छ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश-१, वाग्मती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति प्रदेश-१, मधेस, वागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका पहाडी भूभागका एकरदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार