काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवालले नेपालको बजेट र भारत सरकारको नीतिले नेपालका तेल उत्पादक मारमा परेको बताएका छन् ।
आज आइतबार काठमाडौंको होटल मारियेटमा बजेटबारे संघको घारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अग्रवालले सरकारको नीतिले घ्यू तेल निकासी बन्द हुने अवस्था आउने बताए। नेपालमा अनाधिकृत तेल भित्रने भन्दै उनले भन्सार कर शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत कटौती गर्न माग गरे । बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आरोप छ ।
संघले सरकारको नीतिले स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्याउने निष्कर्ष निकाल्दै शीघ्र समाधान खोज्न सरकारसँग माग गरेको छ ।सरकारले उपभोक्तालाई प्रत्यक्ष राहत दिन खाने तेलको महसुल दर कम गर्नुको सट्टा उद्योगलाई कम महसुल दरमा पाम र पामोलिदन तेलको आयात गर्न दिने नीतिले व्याकवार्ड इन्टिग्रेसनमा आधारित स्वदेशी उद्योगलाई मर्का पर्न गएको संघको भनाइ छ ।