Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री खाँणको आडमा डीआईजी खाँको असुली धन्दा


    आइतबार, जेष्ठ २२ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बारा । गृहमन्त्री बालकृष्ण खाँणको आडमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी मसाउद आलम खाँले असुली आतंक मच्चाएका छन् । मधेश प्रदेशका तत्कालीन प्रहरी प्रमुख उमेश रंजितकारले लाइन दिएका तस्कर र व्यापारीहरुबाट नै डिआईजी खाँ असुली धन्दा शुरु गरेका छन् ।

    डिआईजी हुनु भन्दा पहिला एसएसपीमा मधेश प्रदेशको टवाईसी बस्दा तस्कर र व्यापारीसँग खाँले राम्रो सम्बन्ध बनाएको र एसएसपीबाट डिआईजीमा प्रमोशन हुने बित्तिकै उनी मधेश प्रदेश प्रहरी प्रमुख बनेर आउन सफल बनेका छन् ।

    डिएसपी हुँदा पर्सा, एसपी हुँदा सर्लाही इन्चार्ज र एसएसपी हुँदा मधेश प्रदेश प्रहरी कार्यालयमा बसेका डिआईजी खाँ असुली धान्दामा लाग्दा सरकारको राजस्व डुब्नुको साथ साथै जिल्ला प्रहरी कार्यालयहरुको मुद्दा शाखाहरुबाट पनि सर्वसाधारणहरुले रकम बुझाएर न्याय लिनुपर्ने अवस्था समेत सृजना भएको छ ।

     गृहमन्त्री बालकृष्ण खाँणसँगको निकटता छ भन्दै तस्कर व्यापारीहरुको अबैध कामलाई प्रहरी मार्फत् सहयोग गरेर नै डिआईजी खाँले असुली धन्दा संचालन गरेका छन् ।
    पर्सादेखि सप्तरीसम्म रहेका तस्कर र व्यपारीहरुसँग पहिलादेखि नै राम्रो चिनजान भएको फाइदा उठाउँदै डिआईजी खाँले अधिकांश तस्कर र व्यपारीहरुलाई जनकपुरस्थित निवासमै बोलाएर मोलतोल र अस्ुली गरेको आरोप छ ।

    डिआईजी भएर मधेश प्रदेश आएपछि जिल्ला प्रहरी कार्यालयहरुको निरीक्षण गर्दा मुद्दा शाखाहरुबाट रकम असुली गरेर सेवा दिने कार्य गरिदै आएको गुनासो आएको र त्यस्तो कार्य गरेमा ठाउँको ठाउँ कारबाही गर्ने निर्देशन दिए पनि अहिले मुद्दा शाखाका इन्चार्जहरुले खाँको नामबाट समेत रकम असुली गर्न शुरु गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाराका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र यादवले मुद्दाको रेट नै तोकेर दलाल मार्फत् रकम असुली गराउँदै आएको र त्यसको जानकरी डिआईजी खाँलाई गर्दा समेत कुनै कारबाही नगरिएको गुनासो पीडितहरुले गरेका छन् ।

    तस्कर ब्यापारीसँग लाभ लिएको आरोपका बारेमा मधेश प्रदेशका डीआइजी खाँसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा एसएसपी योगबहादुर पालले मोवाइल रिसिभ गरे । ‘डीआइजी सा’ब बिदामा हुनुहुन्छ ।’ एसएसपी पालले भने । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार