Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • हलिउडबाट प्रभावित आमिर खानका यी १० फिल्म


    शनिबार, जेष्ठ २१ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मुम्बई । अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चड्डा’लाई लिएर चर्चामा छन् । सन् २०१८ पछि उनी अभिनित यो फिल्म रिलिज हुँदैछ । फिल्मका कारण आमिर विवादमा पनि तानिएका छन् । उनको फिल्म बहिस्कारको माग उठिरहेको छ ।

    आमिरको फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । त्यसो त उनी अभिनित यो फिल्ममात्र होइन, करिब १२ फिल्म हलिउडको रिमेक हुन् ।

    ९० को दशकमा आमिरले वर्षमा धेरै फिल्ममा अभिनय गरे । तर सन् २००० पछि उनले वर्षमा एकमात्र फिल्ममा अभिनय गर्ने निर्णय लिए । उनले अभिनय गरेको ‘जो जिता वही सिकन्दर’देखि लिएर ‘गजनी’सम्म आइपुग्दाका फिल्म हलिउडको रिमेक नै हुन् ।

    दिल है कि मानता नही

    महेश भट्ट निर्देशित यो फिल्ममा आमिर र पुजा भट्टको जोडीले अभिनय गरेका छन् । यो फिल्म सन् १९३४ को हलिउड फिल्म ‘इट ह्यापेन्ड वान नाइट’को हिन्दी रिमेक हो ।

    जो जीता वही सिकन्दर

    आमिर खानको करियर बनाएका फिल्ममध्ये यो पनि एक हो । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यो हलिउड फिल्म ‘ब्रेकिङ अवे’बाट प्रभवित थियो । यसको हिन्दी रिमेकको निर्देशन मंसूर खानले गरेका थिए । फिल्ममा दीपक तिजोरी, आयशा जुल्का र पूजा बेदीको पनि अभिनय थियो ।

    हम हैं राही प्यार के

    यो फिल्मको निर्देशन महेश भट्टले गरेका थिए । आमिर खान, जुही चावलाको अभिनय रहेको यो फिल्म सन् १९८५ मा रिलिज हलिउड फिल्म ‘हाउस बोट’को हिन्दी रिमेक हो ।

    बाजी

    यो फिल्मलाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् । हलिउड फिल्म ‘डाई हार्ड’बाट प्रभावित यो फिल्ममा ममता कुलकर्णी, परेश रावल, आशीष विद्यार्थी र मुकेश ऋषिको अभिनय थियो ।

    आतंक ही आतंक

    यो फिल्म सन् १९७२ मा रिलिज फिल्म ‘गडफादर’को रिमेक थियो । दिलिप शंकरको निर्देशन रहेको फिल्ममा आमिर र रजनीकान्त प्रमुख भूमिकामा थिए ।

    अकेले हम अकेले तुम

    यो फिल्म सन् १९७९ को अवार्ड विजेता हलिउड फिल्म ‘क्रामर भर्सेस क्रामर’को हिन्दी रिमेक हो । यसमा मनीषा कोइरालाको पनि अभिनय थियो ।

    मन

    आमिर खान र मनीषा कोइरालाको फिल्म मनलाई दर्शकले निकै मनपराए । इन्द्र कुमारको निर्देशन रहेको यो फिल्ममा अनिल कपुरको पनि अभिनय थियो । यो फिल्म सन् १९५७ मा रिलिज हलिउड फिल्म ‘एन अफेयर टु रिमेम्बर’बाट हुबहु प्रभावित थियो ।

    रंग दे बसन्ती

    यो फिल्म हेर्दा दर्शकलाई हलिउड फिल्म ‘जेसस अफ मोन्टरियल’को सम्झना गराउँथ्यो । राकेश ओमप्रकाश मेहरा निर्देशित फिल्म सन् १९४८ मा रिलि हलिउड फिल्म ‘अल माइ सन्स’बाट पनि प्रभावित थियो ।

    फना

    यो फिल्ममा आमिर र काजोलको अभिनय थियो । फिल्मको सेकेण्ड हाफ सन् १९८१ मा रिलिज फिल्म ‘आइ अफ द निडल’ र सन् १९९९ को कोरियन फिल्म ‘शिरी’सँग मिल्दो जुल्दो थियो ।

    धूम ३

    फिल्म ‘धुम’को तेस्रो सिरिज ‘धुम ३’ क्रिस्टोफर नोलानको सन् २००६ मा रिलिज फिल्म ‘द प्रेस्टिज’बाट प्रभावित थियो । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार