Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पाकिस्तााको तालिबान समूहद्वारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा


    शनिबार, जेष्ठ २१ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इस्लामाबाद । पाकिस्तााको तालिबान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । 

    दी पाकिस्तानी तालिवान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ ।
    पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ । 

    टीटीपीले अफगानिस्तानको सीमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ ।

    समूहले अफगान तालिबानसँग घनिष्ठ तर अस्पष्ट सम्बन्धको फाइदा लिएको बीबीसीले जनाएको  छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार