काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी लगायत तीन नेतालाई कारबाही गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर बिष्टलाई कारबाही गरेको हो ।
जोशीले गत प्रतिनिधिसभा निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । उनीविरुद्धको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी नै खारेज भएको थियो । त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । कारबाहीमा परेका तीन जनासँग यसअघि स्पष्टीकरण मागिएको तर चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै कारबाही गरेको कांग्रेसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend