Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘नेकपा फुट्दा राष्ट्रियतामा खतरा’- देव गुरुङ


    शनिबार, साउन १० २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले वर्तमान अवस्थामा राष्ट्रिय सहमतिकोे आवश्यकता भएकाे बताएका छन् ।

    शनिबार एक कार्यक्रममा गुरूङले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्काे विकल्प नरहेको समेत बताए ।

    उनले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै सङ्कटमा पर्ने खतरा रहेको र बहस तथा छलफल भएपनि पार्टीभित्र नफुट्ने दावी गरे । उनले भने, “पार्टी विभाजन हुनुहुँदैन, पार्टी विभाजनको बाटोबाट जानुहुँदैन, विभाजनको बाटोबाट जानु भनेको के हो प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार