Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य निर्वाचित


    मंगलबार, जेष्ठ १० २०७९
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य  निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। करिब ५ हजार मत गन्न बाँकी हुँदै गठबन्धनका साझा उम्मेदवार आचार्य विजयी बनेका हुन् । एमालेका थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।

    १ लाख ३८ हजार २११ मत गनिसक्दा मेयर आचार्यले ५६ हजार ४७१ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थापाले ५१ हजार १८५ मत पाएका थिए । पोखरामा कूल १ लाख ४३ हजार २२६ मत खसेको थियो । 

    उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छिन् । उनले ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छिन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार