Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विजय उत्सव मनाउन गाउँपालिकाभर बिदा


    सोमबार, जेष्ठ ९ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । रूपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले  सार्वजनिक बिदा दिएको छ।

    गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सबै कार्यालय बन्द गर्न सार्वजनिक बिदा दिएका हुन् ।

    अधिकृत चौधरीले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको निर्देशनमा बिदा दिएको सूचनामा उल्लेख गरेका छन्।

    रूपनी गाउँपालिकाको स्थानीय तहको निर्वाचनको परिणाम ८ वैशाखमा आएको थियो । नवनिर्वाचित अध्यक्षले पदभार ग्रहण नगरे पनि बिदाको लागि निर्देशन भने दिएका छन्दि । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार