Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार


    आइतबार, जेष्ठ ८ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अर्घाखाँची । अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैको स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । अर्घाखाँचीमा यो स्थानीय निर्वाचनबाट पालिकाको नेतृत्वमा निर्वाचित भएका सबै नयाँ अनुहार हुन् । 

    गत निर्वाचनमा नेपाली कांग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट उपाध्यक्षमा निर्वाचित भई कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलाई यो पटक नेकपा एमालेका उम्मेदवारले पराजित गरे । पालिका अध्यक्षमा दोहोरिन चाहेका अच्युत र लक्ष्मीलाई एमालेका उम्मेदवार टेकराज न्यौपाने र नर्मदा पौडेलले पराजित गरेका हुन् ।

    भूमिकास्थान मेयरमा एक कार्यकाल पुरा गरी एमालेबाट पुनः मेयरको दौडमा रहेका रेशम थापालाई राष्टिय जनमोर्चाका झविलाल थापाले पराजित गर्दा शितगंगा नगरपालिकाका उपमेयरमा माओवादी केन्द्रबाट दोहोरिन चाहेका टिका रेश्मीलाई एमालेका तर्फबाट उम्मेदवार बनेकी टीका भाटले स्तव्ध पारिन् ।

    पालिका नेतृत्वमा दोहोरिन चाहेका सबैलाई परास्त गर्दै अर्घाखाँचीमा यो पटक नयाँ अनुहार निर्वाचित भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार