दाङ । तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।
२९ हजार ७५७ मत गणना हुँदा एमालेका प्रमुख पदका उम्मेदवार टिकाराम खड्का ३८९ मतले अगाडि छन्। उनले १२ हजार ४२९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ४० मत ल्याएका छन्।
यस्तै, उपप्रमुखमा एमालेबाट स्यानी चौधरीले ११६६७ मत ल्याएकी छन् , भने गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार जोगबहादुर राणा मगरले ९ हजार १ सय ९० मत ल्याएका छन्। अहिलेसम्मको मत परिणाम अनुसार वडा नम्बर १,२,३,४,५, ६ को मत परिणामको घोषणा भइसकेको छ ।
जसमा १ नम्बर वडामा गठबन्धनबाट माओवादी केन्द्र, २,३ र ६ मा नेकपा एमाले, ४ मा गठबन्धनबाट माओवादी केन्द्र, ५ मा गठबन्धनबाट काङ्ग्रेसले जित हासिल गरेको छ। ७० हजार बढी मत खसेको तुलसीपुरमा अहिले ७,८ र ९ नम्बर वडाको मतगणना भैरहेको छ।
७ नम्बर वडामा गठबन्धनले अग्रता लिएको छ भने ८ र ९ नम्बर वडामा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्मको मत गणना अनुसार प्रमुख पदमा ४ हजार ८ र उपप्रमुख पदका लागि ६ हजार ३६ मत बदर भएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको...
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend