खोटाङ । नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अन्तरपालिका र अन्तर जिल्ला जोड्ने बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको छ ।
नव निर्वाचित जनप्रतिनिधिको पदभार तथा गोपनीयताको सथप ग्रहण लगत्तै शुक्रबार बसेको बैठकले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जोड्ने दुधकोसी तथा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको बारियोसिस्ने र केपिलासगढी गाउँपालिका जोड्ने रावाखोलामा बेलिब्रिज राख्ने निर्णय गरेको हो ।
नवनिर्वाचित अध्यक्ष गिरेन्द्रबहादुर राईको अध्यक्षतामा बसेको बैठकले ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका लाभग्राहीले पाउने सामाजिक सुरक्षाभत्ता बैंकसँगको सहकार्यमा घरदैलोमै पुर्याएर वितरण गर्ने व्यवस्थाका लागि कार्यपालिकाबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा राई र उपाध्यक्षमा राजेश राजभण्डारी विजयी भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend