Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • हेटौंडा उपमहानगरपालिकाः एमाले ९, कांग्रेस ८, एस र माओवादी एक एक वडामा विजयी


    शनिबार, जेष्ठ ७ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौंडा।  स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् ।

    १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी)  र नेकपा माओवादी केन्द्रले एक÷एक वडामा विजय हासिल गरेको छ ।

    एमालेले हेटौंडाको वडा नम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको छ भने कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नम्बर वडा, नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले १२ नम्बर वडामा विजय हासिल गरेका छन् ।

    एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल , ५ मा सुशील घिमिरे१० मा फुर्वादोर्जे तामाङ, ११ मा जुना दाहाल , १३ मा पेम्बा लामा , १४ मा दीपक खड्का , १५ मा सुनिल मोक्तान , १ ८ मा अनिल कुमार बानियाँ र १९ मा नरनाथ सुवेदी ‘नवराज’  विजयी भएका हुन् ।  २०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार