Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पोखरा महानगर अपडेटः मेयरमा आचार्य ३५ सयले अगाडि, उपमेयरमा एमालेकी गुरुङको अग्रता


    शनिबार, जेष्ठ ७ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिकाको मतपरिणाम निरन्तर रुपमा नेकपा समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यकै पक्षमा देखिएको छ । जति जति मत गन्यो, त्यति त्यति आचार्यले नेकपा एमालेका कृष्ण थापालाई पछि पारिरहेका छन् ।  

    शनिबार बिहानसम्म पोखरा उपमहानगरपालिकाम्ँ ८० हजार १५४ मत गनिसकिएको छ । जसमा आचार्यले ३२ हजार ४८० मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार थापाले २९ हजार ४१ मत पाएका छन् । आचार्यले ३ हजार ४३९ मतको अग्रता हासिल गरेका छन् ।

    उपमेयरमा भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३२ हजार ९५९ मत पाएकी छन् भने एमालेकी मन्जुदेवी गुरुङले ३३ हजार २२१ मत पाएकी छन् । उपमेयरमा एमालेकी गुरुङले अग्रता लिएकी छन् । गुरुङले रानाभाटलाई २ सय ६२ मतले अग्रता लिएकी छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार