सिरहा । सिरहाको कल्याणपुर नगरपालिका प्रमुखमा एमालेका रामपुकार साह तेली विजयी भएका छन् । उनले पाँच हजार ८८३ मत पाए । उनका प्रतिस्पर्धी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत ल्याए ।
उपप्रमुखमा पनि एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन् । उनले पाँच हजार ७३३ मत प्राप्त गरिन् । प्रतिस्पर्धी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार ४७० मत र जसपाका मसुदा खातुनले चार हजार ५४५ मत प्राप्त गरे।
१२ वडा रहेको पालिकामा जसपा तीन, एमाले पाँच, कांग्रेस दुई, एकीकृत समाजवादी एक र जनमत पार्टी एक वडामा विजयी भएकाे छ । ०७४ को निर्वाचनमा नगरपालिका प्रमुखमा कांग्रेसका सूर्यनाथ मण्डल निर्वाचित भएका थिए।
वडा नम्वर १, २ र १० मा जसपाका वडाध्यक्ष विजयी भएका छन्। वडा नम्वर १ मा ६ सय ५४ मत प्राप्त गर्दै जयराम कामती, २ मा ६ सय ९६ मत प्राप्तसहित मो. साकिर र वडा नम्वर १० मा ६ सय ४९ मत प्राप्त गर्दै नन्दकिशोर साह निर्वाचित भएका छन्।
एमालेबाट वडा नम्वर ३ मा एक हजार ५८ मतसहित रामदुलार मण्डल, ४ मा नाै सय ५९ मतसहित प्रदिपकुमार यादव, ६ नम्वर वडामा तीन सय १३ मतसहित दिनेश यादव, वडा नम्वर ११ मा आठ सय २५ मतसहित परमेश्वर साह र १२ नम्वर वडामा एक हजार दुई सय ७४ मतसहित दिलीपकुमार यादव विजयी भएका छन्।
कांग्रेसका कुलदीप यादव सात सय ९५ मतसहित वडा नम्वर ५ र वडा नम्वर ८ बाट रामकिशोर यादव सात सय तीन मतसहित विजयी भएका छन्।
एकीकृत समाजवादीका विष्णुदेव यादव नाै सय २८ प्राप्त गर्दै वडा नम्वर ८ को वडाध्यक्ष निर्वाचित भएका छन्। जनमत पार्टीका विनोदकुमार यादव पाँच सय चार मत प्राप्त गर्दै वडा नम्वर ९ मा विजयी भएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend