Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगरमा बालेनको शाह केशव स्थापितभन्दा १२ हजार १९ मतले अगाडि


    शुक्रबार, जेष्ठ ६ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

    अहिले बिहान साढे ५ बजेको  पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत ल्याउनु भएको छ ।

    यो एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मतले धेरै हो ।

    स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गर्नु भएको छ । कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याउनु भएको छ।

    उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले अहिलेसम्म २६ हजार ६ मत पाउनु भएको छ ।

    एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४ सय २७ मत पाउनु भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार