Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दै, बिहीबार भेटिए ९ जना


    बिहिबार, साउन ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् । 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका दुई जना, शुक्रराज ट्रपिकल तथा  तथा सरुवा रोग अस्पताल टेकुमा ललितपुरका एक जना, काठमाडौंका दुई जना, पाटन अस्पतालमा ललिलतपुरका तीन जना र स्टार अस्पतालमा ललितपुरका एक जना जना भेटिएका हुन् । 

    यस्तैगरी बिहीबार देशभर १ सय ४७ जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार १ सय ६१ जना पुगेको छ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १२ हजार ८ सय ४० पुगेकाे छ ।

    वीरगञ्जका एक ७० वर्षीय वृद्ध मृत्यु भएको र बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार