काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद झन् जटिल बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सो भेटमा गम्भीर छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।
पछिल्लो समय प्रम ओली आफ्नै कार्यशैलीका कारण पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको घेराबन्दीमा छन् । नेकपाको जारी स्थायी समिति बैठकमा प्रचण्ड-नेपालकै तर्फबाट ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष पदबाट राजीनामा दिन भनिइसकेको छ ।
तर आफ्नो पद छोड्न नचाहेका ओलीले उस्तै परे पार्टी नै फोरेरै भएपनि केहीसमय सत्ता टिकाउने रणनीतिमा लागेको विपक्षीहरुले आरोप लगाइरहेका छन् । यसका लागि प्रम ओलीले यसअघि अध्यादेश ल्याएसँगै नेकपा फुट्न लागेको चर्चा चलेको थियो । प्रम ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत् देउवासँग सत्ता सहकार्यको प्रस्ताव राखेको खबर पनि बाहिरिएको थियो । यसका लागि दुई पक्षबीच भित्री संवाद भैरहेको चर्चासमेत सेलाएको छैन ।
प्रम ओलीले पछिल्लो समय राखेको ‘अर्ली’ महाधिवेशनको प्रस्ताव पनि असफल हुन थालेपछि फेरि देउवासँगै सम्वाद बढेको बुझिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै ओली-देउवाबीच भेट भएको पुष्टि गरेका छन् । तर भेटमा लकडाउनपछि उत्पन्न भएको नयाँ परिस्थितिको बारेमा कुरा भएको विज्ञप्तिमा उल्लेख छ ।
तर विश्लेषकहरुले पार्टी भित्रका विवाद समाधान हुन नसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका सभापतिसँग ओलीको भेटलाई अर्थपूर्ण भनेका छन् । यसअघिको भेटको खबर तीन दिनपछि मात्रै बाहिरिएपनि यो पटकको भेट तत्कालै बाहिरिएसँगै चोतर्फी चासो समेत बढेको छ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend