Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठे पुलबाट खसेर बालकको मृत्यु


    बुधबार, साउन ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज काठे पुलबाट खसेर एक जना बालकको मृत्यु भएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली–५ करगाईका १५ वर्षीय गोपाल रोकाया रहेको अदानचुली–४ का वडा सदस्य देवखर जैसीले जानकारी दिनुभयो ।

    आज भैँैसी चराउन गएका रोकाया भैँसी चराएर मध्याह्न १२ बजे घर फर्किने बेलामा सिस्ने खोला भन्ने ठाउँमा रहेकोे काठेपुलबाट खसेपछि खोलाले बगाएको घटनास्थलमा पुगेका वडा सदस्य जैसीले जानकारी दिनुभयो । घटनाको खबर पाउनेबित्तिकै केही जनप्रतिनिधि र श्रीनगर प्रहरी चौकीको टोली पनि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताउनुभयो । उहाँका अनुसार, खोलामा खसेका बालक रोकायाको खोजीका लागि ताँजकोटको कवाडी प्रहरी चौकीबाटसमेत सुरक्षाकर्मी झिकाइएको थियो । सुरक्षाकर्मी, जनप्रतिनिधिसहित स्थानीय नागरिकको पहलमा खोजी गरेर केही समय अघिमात्रै शव भेटेको घटनास्थलमा भएका वडा सदस्य जैसीले बताउनुभयो । बालक रोकायाको शव पानीबाट निकाले पनि उनको मुचुल्का हुन बाँकी रहेको हो । गएको सोमबार राति अत्यधिक वर्षा भएको थियो । सिस्ने खोलामा पनि हिउँदे मौसममा सानो पानी रहने हुनाले सोही ठाउँमा काठ राखेर खुलारुपमा आवतजावत गर्ने गरिएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार