काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने कुनै कारण नभएको बताउनु भएको छ ।
आज काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको आज उद्घाटन गर्दै नेपालले यस्तो बताउनु भएको हो । ‘बाहिर फैलिएको हल्लाको आधारमा होइन हामी मिहिन ढंगले वाद–विवाद, सम्वाद गरिरहेका र्छौँ,’ नेपालले भन्नुभयो, ‘वादेवादे जायते तत्ववोध’ भने जस्तै वाद, विवाद, सम्वाद हुने वित्तिकै आत्तिहाल्नु पर्ने केही छैन । विधिबाट सबै टुंगो लगाउनुपर्छ । हामी त्यहि प्रयासमा छौँ ।’ उहाँले को नेता छ भन्ने होइन कस्तो पार्टी बनाउने भन्ने कुराको आधारमा चल्नुपर्नेमा पनि जोड दिनुभयो । ‘नेताहरुको बिचमा विश्वास र समझदारीको समन्वय भयो भने अनि विधिको आधारमा टेकेर चल्ने अवस्था भयो भने जस्तो सुकै चुनौतिको सामना गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘एकताबद्ध भएर अघि बढ्न सकिन्छ । हामी सबै त्यहि दिशामा अघि बढौँ ।
पुष्पलालको योगदानलाई चीरस्थाई बनाई राख्न पनि हामीले पार्टी एकतालाई बलियो बनाउने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’ नेता नेपालले पार्टीको अहिले बसिरहेको बैठक र पार्टी भित्रको विवादका विषयमा धेरै किसिमका चर्चा–परिचर्चा चलिरहेको बारे आफू पनि जानकार रहेको बताउनुभयो । ‘यो विवादको चर्चाले हाम्रा सुभचिन्तकहरु धेरै चिन्तित भएका छन् । बैरीहरु धेरै खुशी भएका छन्,’ उहाँले भन्नुभयो, ‘पार्टी विधि र पद्धतिबाट चल्छ, पार्टी तौर–तरिकाबाट चल्छ । असल व्यवहार र आचरणबाट चल्छ । कम्युनिष्टहरु इमान्दार हुन सक्नुपर्छ । जनताको सेवाको भावनाप्रति समर्पित भएर चल्न सक्नुपर्छ । त्यहि बिचारबाट हाम्रा कार्यकर्तालाई प्रशिक्षित गर्न सक्ने हो भने सबै तहका जनप्रतिनिधिहरुलाई राम्ररी प्रशिक्षित गर्न सक्ने हो भने राम्रा काम गर्नेलाई गौरवबोध हुन्छ । कमी–कमजोरी गर्नेलाई सुधार गर्ने मौका मिल्छ ।’ नेता नेपालले कसैले जानि–जानि कमजोरी गर्छ भने त्यसको सजाए पार्टीले होइन व्यक्तिले पाउनुपर्छ भन्नुभयो । ‘व्यक्तिले गरेको गल्तीमा पार्टीले सजाय भोग्ने हो भने पार्टी चिप्लिन्छ,’ उहाँले भन्नुभयो, ‘पहिलो पुस्ता, दोस्रो पुस्ता, तेस्रो पुस्ताले गरेको त्याग, तपस्या, बलिदान, विचार र संगठनमा गरेको मेहनतको आधारमा यो पार्टीको संरचना खडा भएको हो । एक जनाको पौरखबाट होइन हामी सबैको पौरखबाट यो निर्माण भएको छ भन्ने सन्देश हामी सबैले दिइरहेका छौँ ।
यहि सन्देशका आधारमा हामी अघि बढ्नुको अर्को विकल्प छैन ।’ उहाँले समाजवाद स्थापना गर्ने नयाँ युगमा प्रवेश गरेको भन्दै सबै किसिमको चुनौतिको सामना गर्दै एकताबद्ध हुँदै अघि बढ्नु पर्ने जिम्मेवारी सबै नेताको काँधमा आएको पनि बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि सबै नेताहरुलाई एकताबद्ध भएको सन्देश दिएर आम कार्यकर्ता र नेपाली जनताको मन जित्न सुझाव दिनुभयो । प्रदेश सांसद बसन्त मानन्धरले नेकपाको विकल्प नेकपा नै भएको भन्दै नेता प्रधान नभइ नीति प्रधान हुनुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष नुच्छेकाजी महर्जनले पार्टीका गोप्य बैठकका समाचार बैठक नसकिइ सामाजिक सञ्जालमा आउने कुरा दुःखद् भएको भन्दै नेताहरुाई एकताबद्ध भएको सन्देश दिन आग्रह गर्नुभयो
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend