Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजविराज नगरपालिकामा बिहीबारदेखि निषेधाज्ञा जारी


    बुधबार, साउन ७ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • राजविराज । कोरोनाभाइरस समुदाय स्तरमा फैलिएसँगै सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । 

    स्थानीय प्रशासनले सो क्षेत्रमा बिहीबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार साँझ बसेको बैठकले अर्को सूचना नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । 

    संक्रमणलाई थप फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको बताइएको छ ।

    प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारी निषेधाज्ञा पत्रमा अत्यावश्यक सेवाहरु बाहेक अनावश्यक आवतजावत र हिँडडुल गर्न रोक लगाइएको छ । आदेश उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    निषेधाज्ञा अवधीमा राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्न पाइनेछ । त्यसबाहेकका गतिविधि पूरै रोक्नका लागि नै निषेधाज्ञा जारी भएको बताइएको छ ।

     

    rajbirajpressrelease-2272020020639-1000x0.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार