Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • भदौ १ देखि नेपालबाट दैनिक १५ अन्तर्राष्ट्रिय उडान


    बुधबार, साउन ७ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लामो समयदेखि बन्द रहेको नियमित अन्तर्राष्ट्रिय उडान भदौ १ देखि पुन: सुरु हुने भएको छ। सुरुआतमा भने  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटासम्म मात्र अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । 

    संक्रमणको जोखिम हेरेर १५ वटा सम्म उडान गर्न सकिने विमानस्थलका प्रमुख देवेन्द्र केसीले बताएका छन् । उनले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडान गरिने बताए ।

    सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुरु गर्ने निर्णय गरेको छ । तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तर पनि सङ्क्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए । त्यस्तै आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उनले बताए ।

    अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समयभन्दा कम्तीमा चार घण्टाअघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उनले बताए । समान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो ।

    विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाउनकाे लागि साधन स्रोत बढाउनुपर्ने बताए । उनका अनुसार विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर सङ्क्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने र त्यसका लागि विमानस्थलले काम गरिरहेकाे छ ।

    कोरोना सङ्क्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका प्राेटाेकललाई पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार