बैतडी । दशरथचन्द नगरपालिकामा एक हजार ६ सय मत गणना भएको छ । जहाँ वडा नम्बर ११ को मत परिणाम सार्वजनिक भैसकेको छ भने अहिले वडा नम्बर १ को मतगणना जारी छ ।
वडा नम्बर १ मा वडा अध्यक्षका उम्मेदवार नेकपा एमालेका बिष्णु भट्टले सात सय १७ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका भुवनराज भट्टले सात सय १५ मत ल्याएर पछ्याउँदै छन् । बिष्णु र भुवन पालाेपालाे गरी अग्रता लिइरहेका छन् ।
दशरथचन्दको नगर प्रमुखमा भने नेकपा एमालेका पुस्करराज जोशी(लख्खाभाइ) अग्रस्थानमा छन् । उनले अहिले एक हजार एक सय ३५ मत प्राप्त गरेका छन् भने कांग्रेसका गजेन्द्र रावलले एक हजार नाै मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका कौशिला चन्दले एक हजार ६९ मत प्राप्त गरेकोमा एमालेका सरस्वती नेपालीले एक हजार १७ मत प्राप्त गरेकी छिन् ।
दशरथचन्द नगरपालिका-११ मा भने नेकपाएमालेका जयदत्त पन्त प्यानलसहित वडा अध्यक्षका विजयी भैसकेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend