Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ऋण नतिर्न अपहरणको नाटक, यसरी परे प्रहरीको फन्दामा


    बुधबार, साउन ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं-४ बस्ने शक्तिराज रेग्मीले ठूलो धन कमाउने सोच राखेर विभिन्न व्यक्तिहरुसँग ऋण लिए । घर-जग्गा व्यवसायबाट तुरुन्तै ठूलो पैसा कमाउने उनको सपना सोचे अनुसार भएन । 

    ऋण दिनेहरुले पैसा फिर्ता माग्न थाले । ऋण तिर्न नचाहेका उनी घरपरिवारलाई केही नभनि हिँडे । उनको नियत आफू अपहरणमा परेको ठानियोस् र ऋण तिर्न नपरोस् भन्ने रहेको प्रहरीले जनाएको छ । 

    ३० वर्षीय रेग्मी केही खबर नै नगरी हराएपछि उनकी श्रीमतीले गत शुक्रबार महानगरीय अपराध महाशाखामा उजुरी दिइन् । गत असार २४ देखि हराएको र अपहरण परेको हुनसक्ने भन्दै उजुरी उनले दिएकी थिइन् ।

    प्रहरीले तत्कालै अनुसन्धान थाल्यो र अपहरणमा परेका भनेका रेग्मी नयाँ बसपार्कस्थित सुगन्ध होटेलमा भेटिए । उनी सो होटलको कोठामा अर्कै एक युवतीसँग रहेको प्रहरीले जनाएको छ । 

    रेग्मीले करोडौं रुपैयाँ सापटी लिएको र सो पैसा नतिर्नका लागि  लुकेर बसेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार