Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतपेटिका संकलन हुँदै, आजै मतगणना सुरु गरिने


    शुक्रबार, बैशाख ३० २०७९
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ ।

    निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको अवधि सकिएको हो । तर उक्त अवधिमा मतदान केन्द्रमा पुगेका मतदातालाई भने मत हाल्न दिइएको आयोगले जनाएको छ ।

    देशका कतिपय मतकेन्द्रमा बिबाद हुँदा स्थगित भएको छ र कतिपय स्थानमा मतदान गराउने प्रयास जारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएसँगै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जनाएको छ । 

    धेरै स्थानमा आजै मतगणना थाल्ने तयारी आयोगको छ। मतगणना सुरु हुन अघि सर्वदलीय बैठक बस्ने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार