काठमाडौं । सुनको मूल्य बढ्ने क्रममा बुधबार नयाँ कीर्तिमान कायम गरेको छ । आज एकैदिन प्रतितोला १ हजार ३ सयले बढेर सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो आजसम्मकै सबैभन्दा बढी मूल्य रहेको महासंघले जनाएको छ । मंगलबार भने सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।
सुनको मूल्यसँगै चाँदीको भाउ पनि ह्वात्तै बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ३५ पुगेको छ। मंगलबार चाँदी १ हजार ४० रुपैयाँमा प्रतितोला कारोबार भएको थियो।