Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज ६७ हजारले छाडे काठमाडौं उपत्यका


    बुधबार, बैशाख २८ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन् ।

    बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा ६७ हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सोही अवधिमा २ हजार ३ सय सवारी साधनमार्फत २१ हजार ५ सय जना उपत्यका भित्रिएका छन् ।

    निर्वाचनमा भोट हाल्नका लागि उम्मेदवारले थानकोट र कोटेश्वरबाट बस रिजर्भ गरेर आफ्ना क्षेत्रका स्थानीयतर्फ गइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार