Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रसुवाको निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ


    बुधबार, बैशाख २८ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिँदै गर्दा रसुवाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सुरक्षा योजनाअन्तर्गत मतदान पूर्व, मतदानको अवस्था र मतदानपछि मतगणनाको अवस्थालाई मध्यनजर राख्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

    निर्वाचनका लागि जिल्लामा नेपाली सेना बाहेक नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी ८ सय १ जना खटाइएको उनले बताए ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । 

    जिल्लाका संवेदनशील, अतिसंवेदनशील र सामान्य तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन भएको बताइएको छ । सामान्यमा तीन जना प्रहरी, ५ जना म्यादी, अतिसंवेदनशीलमा ३ जना प्रहरी, ८ जना म्यादी र संवेदनशीलमा ३ जना प्रहरी र ६ जना म्यादी खटाइएको जैसीले बताए । 

    त्यसैगरि सुरक्षाका लागि आवश्यकता अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरीको मोबाइल गस्ती खटिएको समेत उनले बताए । नेपाली सेनाको पनि आफ्नो योजना अनुसार परिचालन भएको बताइएको छ । त्यसैगरि निर्वाचनको मतपरिणाम पछिको अवस्थालाई व्यवस्थापन गर्न तयारी गरिएको समेत उनले बताए ।  

    जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । 

    जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार