Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पाँच दलीय गठबन्धन तोड्दै पालुङटारमा जनता समाजवादीको एमालेसँग तालमेल


    मंगलबार, बैशाख २७ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा । सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखा पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।

    यहाँ नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । 

    नेकपा एमाले र जनता समाजवादीले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एक आपसमा सहयोग गर्ने उल्लेख गरेका छन् । विज्ञप्तीअनुसार वाडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् । साथै, जिल्लाको अन्य पालिका र वडामा पनि एकआपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ । 

    letter.jpg-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार