धनगढी । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातको आरोपमा कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहको निर्वाचनमा पनि खुलेका छैनन् ।
त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् । अन्तर्घातको आरोपमा कांग्रेसले उनलाई साधारण सदस्यबाट पनि निस्कासन गरेको थियो । अहिले पनि उनीमाथिको कारबाही फुकुवा भएको छैन ।
स्थानीय चुनावमा धनगढी उपमहानगर मेयरमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा साइलेन्स छन् । जबकि, ०७४ को स्थानीय चुनावमा वडलाई मेयरमा जिताउन ओझा पनि मैदानमा उत्रिएका थिए । तर, अहिले वडलाई सहयोग गर्नु त परैको कुरा बरु आफू निकटलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा आरजु पुनः सोही क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेकाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान पनि धनगढीमा छ ।
आइतबार धनगढी पुगेका उनले सोमबार त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी जोडघटाउ भइरहँदा देउवाले तिनै ओझालाई भेटका लागि बोलाएका थिए । तर, कारबाही यथावत रहेको भन्दै ओझाले देउवालाई भेट्न मानेनन् ।
भेट्न आउन नमानेपछि देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ
‘चुनाव अघि नै सल्लाह गरेर हाम्रा पक्षका केही नेतालाई पनि समेटेको भए र नृप (कांग्रेस उम्मेदवार)लाई मेयरमा सहयोग गर्न सकिन्थ्यो,’ओझाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुँदैन । त्यसैले अहिले भेटेर पनि काम छैन ।’
ओझाले अब चुनावपछि भेट्न सकिने सन्देश देउवालाई पठाएका थिए ।
ओझा तिनै हुन् जो २०७० मा देउवाले तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ (हाल ५) छाड्दा उपनिर्वाचन जितेका थिए । त्यतिखेर देउवा धनगढी र डडेल्धुराबाट चुनाव लडेका थिए । दुबै ठाउँबाट विजयी भएपछि उनले डडेल्धुरा रोज्दा धनगढीमा उपचुनाव भएको थियो ।
कुनै बेला कोइराला पक्षधर रहेका ओझा देउवा क्याम्पमा आए पनि गुट निर्माण गरेको आरोप थियो । ०७४ को चुनावमा उनी धनगढीबाट चुनाव लड्न चाहान्थे । तर, देउवापत्नी आरजुले धनगढी रोजेपछि उनी असन्तुष्ट भएका थिए ।
चुनावमा आरजु हारेपछि अन्तर्घातको बात उनै ओझामाथि लागेको थियो ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend