Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • टोखामा पहिरो, खेलिरहेका दुई बालबालिकाको निधन


    मंगलबार, साउन ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  काठमाडौंको टोखा नगरपालिकामा पहिरोमा पुरिएर दुईजना बालबालिकाको मृत्यु भएको छ । लगातार वर्षाका कारण गएको पहिरोमा खेलिरहेका ती बालबालिका पुरिएका थिए । 

    टोखा नगरपालिका–१ का तीन वर्षका जुम्ल्याहा सन्ध्या राना र सचिन रानाको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घरबाहिर खेलिरहेका उनीहरुको तासिडाँडाबाट झरेको पहिरोमा पुरिएर मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार