Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • मंगलबार काठमाडौंमा ८ र ललितपुरमा १ संक्रमित भेटिए


    मंगलबार, साउन ६ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा कुल ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् । 

    त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका ८ जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना देखिएको हो ।

    मंगलबार देशभर १ सय ५० जना काेराेना संक्रमित भेटिएका छन् । योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा ६ सय ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १२ हजार ४ सय ७७ पुगेकाे छ ।

    देशका विभिन्न स्थानका २१ हजार ७ सय ४ सय जना क्वारेन्टिनमा छन्। मंगलबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। 

    यस्तैगरी मंगलबारसम्म कुल ७ जिल्ला कोरोना संक्रमित बाँकी रहेका छैनन् । यी मध्ये भोजपुर, पाँचथर, स‌खुवासभा, धनकुटा, रसुवा, मनाङ र मुस्ताङ छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार