काठमाडाैं । ठगी आरोपमा हिरासतमा रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङले ऋण नतिरेपछि सीटीसी मल लिलामी हुने भएकाे छ ।
तामाङले मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि सुनधारामा रहेकाे उक्त मल कर्मचारी सञ्चयकोषले उक्त मल लिलाम बिक्री गर्ने भएको हो ।
कोषले सोमबार एक सूचना जारी गर्दै ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको छ ।
ठगी आरोपमा हिरासतमा रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङको सो मलमा ५० प्रतिशत सेयर रहेको छ ।
कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा समेत ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरू कोही पनि ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रूपमा रहेको महल नै लिलामी प्रक्रिया अघि बढाएको हो ।