Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मंगलबार डिस्चार्ज भए ६०९ जना, भेटिए १५० नयाँ कोरोना संक्रमित


    मंगलबार, साउन ६ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार देशभर १ सय ५० जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ३ हजार ९ सय ६३ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ। काठमाडौंमा आठ र ललितपुरमा एक गरी उपत्यकामा कुल ९ जना संक्रमित भेटिएका छन् । 

    नेपालमा पछिल्लाे २४ घण्टामा ६ सय ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १२ हजार ४ सय ७७ पुगेकाे छ ।

    देशका विभिन्न स्थानका २१ हजार ७ सय ४ सय जना क्वारेन्टिनमा छन्। मंगलबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार