ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा चुनावी सरगर्मी तीव्र बढेकाे छ । २०७४ को स्थानीय निर्वाचनमा एमालेका रामेश्वर श्रेष्ठले मेयरमा जितेका थिए । श्रेष्ठले सात हजार ६४ मत ल्याई कांग्रेसका महेश खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए । खड्काले ६ हजार पाँच सय मत ल्याएका थिए ।
अहिले कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएकाे छ । मेयरमा माओवादी केन्द्रका शिवप्रसाद कट्टेल छन् । उपमेयर कांग्रेसले पाएकाे छ ।
एमाले विभाजनकाे असर महालक्ष्मी नगरपालिकामा बढी पर्ने अनुमान गरिएकाे छ । तर पनि प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका उम्मेदवार कट्टेल र एमालेका हरिगोविन्द श्रेष्ठबीच नै हुने देखिन्छ ।
नगरपालिकामा सबै पदमा गरेर दुई सय ३५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये मेयरमा नाै र उपमेयरमा पाँचजना उम्मेदवार छन् । १० वटा वडाको नगरपालिकामा वडाध्यक्षमा ५६ जना, वडा सदस्यमा ८६ जना, महिला सदस्यमा ४५ जना र दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन उठेकी छन् । एमालेबाट उपमेयरमा विना सुवेदी केसी मैदानमा छिन्।
मेयर उम्मेदवार कट्टेलले ग्वार्कोमा फ्लाइओभर निमार्णदेखि, स्वास्थ्य, शिक्षा, खानेपानी, ढल व्यवस्थापन, युवा स्वराेजगार, पर्यटन प्रवर्द्धनलगायतका एजेन्डा अघि सारेका छन् । ‘नगरबासीको इच्छाअनुसार नै नगरपालिकाको विकासका लागि मैले मेयरको उम्मेद्वारी दिएको हुँ । विद्यमान सम्पूर्ण समस्यालाई समाधान गर्ने र नगरलाई थप विकास गर्दै अगाडि बढ्ने मेरो योजना हो’,उनी भन्छन् ।
बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लामध्येको ललितपुरको उत्तरपूर्वमा महालक्ष्मी नगरपालिका पर्छ । साविकका पाँच गाविस इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर नगरपालिका घोषणा भएको हो ।
२०७८ को जनगणनाअनुसार महालक्ष्मी नगरपालिकामा ३६ हजारभन्दा बढी मतदाता छन् । २०६८ को जनगणनामा मतदाताको संख्या २५ हजार मात्र थियो । करिब २६ दशमलव ५ वर्ग किलोमिटरमा फैलिएको यो नगरपालिकाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको छ । यस्तै उत्तरमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकासँग यो नगरपालिकाको सीमा जोडिएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को-लुभु-लामाटार-मानेदोभान-पनौती हुँदै बिपी लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको मध्य भाग भएर गएका कारणले पनि नगरपालिकाको विकासको अधिक सम्भावना छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend