Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा नेता मधु अधिकारी नेकपा समाजवादीमा प्रवेश


    आइतबार, बैशाख २५ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौंडा । तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बसेका मकवानपुरका नेता मधु अधिकारी नेकपा समाजवादीमा प्रवेश गरेका छन् ।

    आइतबार पोखरा पुगेर अधिकारी समाजवादीमा समाहित भएका हुन् । उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर स्वागत गरेका छन् । ‘पार्टीमा उचित र सम्मानित भूमिका दिइनेछ,’ नेपालले भने, ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखापाखा र अन्याय गरिने छैन, यही विभेदविरुद्ध एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको हो ।’

    पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए । उनले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताए ।

    को हुन् मधु अधिकारी ?

    २०२२ सालमा हेटौँडामै जन्मिएका अधिकारी २०४७ सालमा बहुदल स्थापनापछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला समितिको संस्थापक हुन् ।

    उनले हेटौँडा नगर अध्यक्ष, जिल्ला सचिव, उपसभापति, सभापति, बागमती प्रदेश उपाध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्यको भूमिकामा कार्य गरिसकेका छन् । वडाध्यक्ष हुँदै हेटौँडाको मेयर पनि भइसकेका अधिकारीले सन १९८० मै सिंगापुरबाट ब्लाक बेल्ट लिएका थिए ।

    पाँचवटा राष्ट्रिय खेलमा पनि सहभागी अधिकारीले पार्टीको मुखपत्र हलो मासिकको सम्पादक भएर काम गरिसकेका छन् भने मकवानपुरको ५० को दशकमा पत्रकारिता पनि गरेका थिए । उनले कोसेली साप्ताहिक र मकवानपुर सन्देश पत्रिका पनि सम्पादन तथा प्रकाशन गर्नु गरेका थिए ।

    यस्तै, राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारी पनि राप्रपा परित्याग गरी नेकपा एकीकृत समाजवादी मा प्रवेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार