Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नौ महिनामा साढे ३ अर्बको राउटर नेपाल भित्रियो


    आइतबार, बैशाख २५ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा करिव साढे तीन अर्बको राउटर भित्रिएको छ । 

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो । 

    उक्त अवधिमा कूल ३ अर्ब ४५ करोड ८० लाख ७२ हजार रुपैयाँको १० लाख ३२ हजार २७४ थान राउटर नेपाल भित्रिएको विभागले जनाएको छ । 

    अष्ट्रेलिया, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, दक्षिण कोरिया, लाट्भीया, लिथुवानिया, मलेसिया, कतार, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट् (युएई), बेलायत, अमेरिका र भियतनामबाट राउटरहरु नेपाल आउने गरेको छ । 

    नेपालमा सबैभन्दा ठूलो मात्रामा राउटर चीनबाट आउने गरेको विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो नौ महिनामा चीनबाट मात्र ३ अर्ब ३२ करोड २० लाख ९८ हजार रुपैयाँको १० लाख २ हजार ७०५ थान राउटर नेपाल आएको छ । 

    गत आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न देशबाट नेपालले २ अर्ब १५ करोड ८२ लाख ३९ हजार रुपैयाँको ८ लाख ५ हजार २८० थान राउटर आयात गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार