Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले नजिते स्थानीय तहमा बजेट कटौती हुने भन्ने आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन


    आइतबार, बैशाख २५ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे छानबिन थालेको छ ।

    कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने, आफूहरुलाई सहयोग गर्ने युवालाई फ्री भिसा, फ्री टिकट दिने लगायतका आचारसंहिता विपरित अभिव्यक्ति दिएकाे भन्दै आयोगले छानबिन थालेको हाे । 

    कांग्रेस नेतृ राणाले सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गरेकी थिइन् भने कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने भन्दै विचार गर्न आग्रह गरेकी थिइन् । 

    त्यसपछि उनले कैलालीमा निर्वाचन प्रचारप्रसारका क्रममा आफूहरुलाई सहयोग गर्ने युवाहरुमध्ये केहीलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया रोजगारमा पठाउने आश्वासन समेत दिएकी थिइन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार