Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत


    शनिबार, बैशाख २४ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-४ कटारी बस्ने २३ वर्षीय रविन मगर रहेका छन् ।

    मगरले ती किशोरीलाई सोही नगरपालिका-४ स्थित बाँसको झ्याङमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार