तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वनास भन्दा अर्धनास जाति भएकाले कांग्रेसले गठबन्धन गरेको बताएका छन् । नेपाली कांग्रेसले तनहुँको दमौलीमा शनिवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्प्रमाइज गर्दा कहीँकतैँ कांग्रेसका कार्यकर्ताले रुखमा मात्रै नभएर हसिया हथौँडा, कलम र छातामा भोट हाल्नुपर्ने भएको बताए ।
उनले भने, ‘त्यो सम्झौता हो । संविधान पनि सम्झौताको दस्ताबेज हो । राजनीति पनि सम्झौताको दस्तावेज हो । सम्झौता गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्नु सक्नुपर्छ । आँट गर्नुपर्छ । हामीले एउटा नगरपालिकामा हसिया हथौँडामा छाप लगायौँ भने प्रचण्डले तीन वटा नगरपालिकामा रुखमा छाप लगाउँछन् ।
कुरा त बुझ्नप¥यो नि हामीले तीन वटा महानगरपालिका लिएर अरुलाई एक एक महानगर दिएका छौँ । यो लेनदेन हो । जम्मै हाहेर सर्वनास हुनुभन्दा अर्धनास जाति हुन्छ नी । त्यसो भएको हुनाले हामीले जति प्राप्त गर्छौँ सही रुपमा प्राप्त गर्छौँ । हामीले स्थानीय तहमा सर्वत्र विजयी हासिल गछौँ । र त्यसका निम्ति यो गठबन्धन हो ।’
संसदीय व्यवस्थालाई निरन्तर प्रहार भएपछि गठबन्धन भएको उनले स्पष्ट पारे । अस्थितरताको कारण देशले निकाश नपाएको उनको भनाइ छ । केपी ओलीलाई नायक बनाएर मुलुकलाई अस्थिरतातर्फ लैजाने ग्राण्ड डिजाइन भएको नेता पौडेलले बताए ।
अस्थिरताको अन्त्य गर्दै राजनीतिक स्थिरताको लागि गठबन्धन भएको वरिष्ठ नेता पौडेलको दाबी छ । ‘यो देशमा भ्रष्टचार कमिसनतन्त्रको खेल धेरै भए । जनतामाथि शोषण, राजनीतिमा भ्रष्टचार घुस्दैछ । त्यसबाट पनि देशलाई मुक्त गर्नु परेको छ,’ उनले भने । उनले गठबन्धनलाई प्रगतीशिल शक्तिहरूको एकताको संज्ञा दिए ।
गठबन्धनले केपी ओलीको एकक्षत्र राजको अन्त्य पौडेलको जिकिर छ । गठबन्धनलाई अन्डरस्टेमेट गर्नेको सामाना गर्न आफू तयार रहेको नेता पौडेलले बताए ।
आफू पार्टी सभापति शेरबहादुर देउवाको लाइनमा नगएको जिकिर पनि गरे । बरु आफ्नो लाइनमा देउवा आएको उनले दाबी गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend