ललितपुर । नेकपा एमालेले उपत्यका विशेष प्रदेश कमिटीको सार्वजनिक अपील कार्यक्रम सम्पन्न गरेको छ ।
आज ललितपुरको हरिहरभवनस्थित बेकरी कयाफेमा अपील कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय तहको निर्वाचन २०७९ सफल पार्न ललितपुर जिल्ला भित्र बसोवास गर्ने पेशाकर्मी, व्यापारी, उद्यमी तथा युवा तथा विधार्थीहरुको संग्लनमा उक्त कार्यक्रम सम्पन भएको उपत्यका विशेष प्रदेश कमिटी निर्वाचन संयोजक चन्द्रप्रसाद रिजालले जानकारी दिए ।
कार्यक्रममा कस्तो राजनीतिक दल चाहन्छौं, कस्तो नेता छान्छौं, विकास र समृद्धि त चाहन्छौ तर कसरी, यी कुरा कसरी पत्याउने आदि विषयमा चर्चा भएको रिजालले बताए ।
यस्ता छन् अपिल कार्यक्रमा चर्चा गरिएको विषयहरु
कस्तो राजनीतिक दल चाहन्छौं ?
जस्तै नेकपा एमालेले देशभक्तिको ऐतिहासिक उदाहरण प्रस्तुत गरेको हामीलाई थाहै छ। यो देशभक्तिले हामीलाई पटक पटक भीमसेन थापा, अमर सिंह थापा, बलभद्र कुंवरजस्ता देशभक्त वीरवीरगनालाई सम्झाउने काम गरेको छ । प्रधानमन्त्रीका रूपमा केपी ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीको नक्सा जारी गरेको, पारवाहन सम्झौता मार्फत नेपाल मुलुकको रुपमा पहिलो पटक स्थापित भएको छ अब फेरी कसैले नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख कष्ट दिन नसक्ने बनाएको छ ।
हामी कस्तो नेता छान्छौं ?
हामीले छान्ने नेताहरूले नै मुलुक कतातिर लैजान्छन् भन्नेतर्फ हाम्रो ध्यान जान जरुरी छ । विगतमा नेपाली कांग्रेस र शेरबहादुर देउवालाई सत्ता दिँदा मुलुक पटक पटक दुर्घटनामा परेको हामीले भोगेकै हौं। कहिले सत्ता राजालाई बुझाउने, कहिले सर्वोच्चका प्रधानन्यायाधीश माथि जाइलाग्ने, कर्मचारी र प्रहरी प्रशासनमा जहिले पनि विधि मिचेर मनपरी गर्ने, भारतले नाकाबन्दी गर्दा नाकाबन्दी हो भन्न नसक्ने, भूकम्पको महामारीमा परेर जनताहरु गाँसबास गुमाउँदा समेत जस्तापाता खाने, भारतीय एसएसबीले तुइन काटेर नेपाली युवा जयसिंह धामीको हत्या गराउँदा पनि चुइँक्क बोल्न नसक्ने, सीमामा रहेको जंगे पिलर सारेर नेपाली भूमी मिचिदासम्म प्रभुकै पाउमा मुलुकको सार्वभौम संसदले पारित गरेको चुच्चे नक्सालाई बुच्चे नक्सा बनाएर लम्पसार पर्ने अवसरवादी र जनहितविरोधी चरित्रका नेता हामीले छान्नु हुँदैन भन्ने हाम्रो अपिल छ ।
हामी विकास र समृद्धि त चाहन्छौ तर कसरी ?
समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा मार्फत् हामी देश र जनतालाई समृद्ध र सुखी बनाउने भिजन सहित अघि बढेका छौं । यही भिजन मार्फत् हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन चाहन्छौं । नेकपा एमालेबाहेक यस्तो भिजन अघि बढाउन जका अन्य कुनै दलहरु तयार देखिएनन् भन्ने कुरा पुष्टि भइसकेको छ । उनीहरू आफूले जसरी नी जिल्नु पर्ने, अपवित्र गठबन्धन बनाएर जनताको खुन पसिनाबाट बनेको राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउन जम्बे मन्त्रीमण्डल बनाएर विकास बजेट कटौति गर्ने, राज्यको कोषको दुरुपयोग गर्दै सत्ता भागबण्डा गर्ने जस्ता अमानवीय निकृष्ट काम मात्र गर्न सक्छन्
त्यसैले हामी वृद्धवृद्धाहरुलाई सम्मान गर्ने साथै वहाँहरुको ज्ञान, सीप र अनुभवको प्रयोगबाट समाजमा सकारात्मक रुपान्तरण ल्याउने, सामाजिक सुरक्षा भत्ता मार्फत् जीविकाको ग्यारेन्टी गरेर, वृद्ध, बालबालिका, युवा, श्रमिक सबैलाई समान अवसर प्रदान गरेर मुलुक बनाउन चाहन्छौं भन्ने कुरा एमालेका विगतका सबै सरकारले पुष्टि गरेको सत्य हो ।
दशकौंदेखि लडेर यतिबेला संविधानले नै स्थानीय तहमा ४० प्रतिशत, प्रदेश र केन्द्रमा महिलाको ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गरिसकेको र समानुपातिक समावेशी सहभागिताको लक्ष्यउन्मुख भैरहेको अवस्थामा गठबन्धनका नाममा पालिकाको प्रमुख उपप्रमुखमा महिला प्रमुख भए पुरुष उपप्रमुख र पुरुष प्रमुख भए महिला उपप्रमुख हुनुपर्ने संविधान र कानूनको भावना र मर्म विपरित परमादेशी गठबन्धन सत्तापक्षले मिलेमतो गरी बहुसंख्यक पालिकाहरुमा दुबै पदमा पुरुष उठाउनाले महिला नेतृत्व सहभागिताको अवसर लुटिएको छ । दिएको अधिकार नै खोस्न उद्दत रहनेहरूले महिलाको आत्मसम्मान गर्छन् भनेर हामी कसरी पत्याउने ?
यिनले पटक पटक चलाएका सरकार र नेकपा एमालेले चलाएको सरकारका काम र शैली हेर्दा पनि यो कुरा प्रष्ट हुन्छ गाउँगाउँमा बाटो, बत्ती, नहर, सिंचाई, एक घर एक धारा कार्यक्रममार्फत घरघरमा स्वच्छ पिउने पानी, धारा, बिजुली, पाइपलाइनबाट ग्यास आपूर्ति, सडक, हवाइ मार्ग, सुरुङ मार्गहरुको निर्माण, महँगी भ्रष्टाचार नियन्त्रण गर्ने, युवाहरुलाई रोजगार बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वरोजगार र आत्मनिर्भर, स्वाभिमानी बनाउन, खेलाडी युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरसम्म नेपाल र नेपालीको शान, मान र गौरव बढाउने गरी हौसला र संरक्षण गर्न, राष्ट्रको स्वाधीनता रक्षाको पहरेदार बनाउन युवाहरुलाई तालिम र प्रशिक्षणहरु दिदै सबल र सचेत (बनाउने लगायत अनगिन्ती कार्यक्रमहरु मार्फत गाउँदेखि सहरसम्म आफ्नो सरकार हुँदा प्रभावकारी ढंगले कार्यान्वयन गरेको छ । अव हामी यो भन्दा उन्नतस्तरको विकास गर्न चाहन्छौं ।
पक्षपोषकलाई परास्त गर्न, महिला, जनजाति, दलित, मधेशी, विपन्न, सीमान्तकृत, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र समुदायको हित र अधिकारलाई सधै बचाइराख्न र उनीहरुको नेतृत्व र व्यक्तित्व विकास गरी राज्यको मूल प्रवाहमा ल्याउन ।डिजिटलाईज्ड नेपाल बनाउने अभियान मार्फत पारदर्शी, जवाफदेहीपूर्ण, भ्रष्टाचारमुक्त, हिंसामुक्त समाज निर्माणका लागि विकास निर्माणको गरी समुन्नत राष्ट्र बनाउन । विकसित पालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक बुद्धिः स्वदेश मै रोजगारी सम्मान र समृद्धिको कार्यक्रममार्फत हरेक पालिकाहरुबाट श्रम, शिक्षा र रोजगारीका लागि विदेशिनु पर्ने अवस्थालाई अन्त्य गर्न ।आत्मनिर्भर अर्थतन्त्रका लागि उपभोक्तावादी संस्कृतिको अन्त्य गर्दै उत्पादनको क्षेत्र विस्तार गर्दै घरेलु हस्तकला, मौलिक कला र संस्कृतिको संरक्षण प्रवर्द्धन गर्न, प्रकृति र स्वस्थकर पर्यावरणका लागि जलवायु अनुकुल विकास र वातावरणबीच सन्तुलन कायम गर्न, आवश्यकता अनुरुप विपद् रोकथाम र व्यवस्थापन गर्न संरचनागत तथा कानुनी सुधार र प्रभावकारी न्याय सेवा प्रवाह गरी समुन्नत, सुदृढ लोकतन्त्रको आधार सामाजिक न्याय, मेलमिलाप र मानव अधिकारको सुनिश्चितता गर्न गराउन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend