काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले कहीँ नभएको जात्रा केपी ओलीको पालामा भएको बताएका छन् । काठमाडाैंमा शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पालामा जात्रै जात्रा भएको बताए ।
‘पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने । ३०० अस्पतालका भवन आजै उद्घाटन गरिदिने । कहीँ नभएको जात्रा जस्तो सबै एकैदिनमा गर्न खोज्ने । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,’ अध्यक्ष नेपालले भने ।
पाँच दलले उठाएका काठमाडौं महानगरका मेयर र उपमेयरले काठमाडौंको विकासका लागि उत्कृष्ट विचार अघि सारेको बताए । ‘गठबन्धनका उम्मेदवार एकदमै राम्रो विचार भएका छन् । आफूले नसक्ने काम विज्ञमार्फत गर्छु भन्नुभएको छ । यो अत्यन्तै उत्कृष्ट विचार हो,’ अध्यक्ष नेपालले भने ।
सिंगो काठमाडौंलाई ध्यानमा राखेर स्मार्ट सिटी बनाउनुपर्ने उनको भनाइ छ । कतिपय कामहरू एउटै जिल्ला र पालिकाले मात्र गर्न नसक्ने भन्दै त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताए ।
गफ नभएर काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिए । गठबन्धनतर्फका उम्मेदवारलाई इमान्दार भएर जनताको काममा समर्पित हुनसमेत आग्रह गरे । दम्भले कहिल्यै पनि नहुने भन्दै गफ र दम्भका साथ अघि बढ्दा जनतालाई मुर्ख बनाउन मात्रै सकिने तर, काम गर्न नसकिने उनले बताए ।
काठमाडौंको लागि योजना बनाउँदा ५० वर्षलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउँदै उनले फिलिपिन्सको विकासको मोडल समेत स्मरण गराए ।
फोहोरमैला व्यवस्थापनको समस्या काठमाडौंको मात्र नभएको भन्दै उनले भने, ‘यो समस्या काठमाडौंको मात्र होइन् । सबै सहरमा छ । यसलाई व्यवस्थापन गर्न कसरी सकिन्छ । त्यसका लागि अन्य देशमा के गरिरहेका छन् । त्यसलाई पनि अध्ययन गर्नुहोला ।’
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend