काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् ।
काठमाडौं महानगरमा फोहोरको समस्या, सडकको समस्या, वेराजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने बताइन् । युवाहरूको लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ । ‘अहिलेसम्म युवाहरूले धेरै दिए । अब मैले जितेमा युवाहरूलाई दिनेछु । उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’ सिंहले भनिन् ।
शिक्षाको गुणस्तर बढाउनतिर आफ्नो प्राथमिकता हुने बताइन् । ‘सरकारी विद्यालयमा पढ्दा शिक्षाको गुणस्तर एकदमै कमजोर देखिएको छ । यसलाई गुणस्तरीय बनाउन मेरो ध्यान हुनेछ ,’ उनले भनिन् ।
गृहणी महिलालाई विशेष भत्ताको व्यवस्था मात्र नभएर विदुर पुरुषहरूको लागि समेत भत्ताको व्यवस्था गर्ने उनको भनाइ छ । २४ सैं घण्टा काठमाडौंका बजार खुल्ला गर्ने गरी पहल गर्ने बताइन् । ‘यसका लागि म एक्लैले सक्दिन । यसमा म त एउटा पात्र मात्र हुँ । यसमा विज्ञहरूसँग छलफल गरेर काठमाडौंको बजार क्षेत्र २४ घण्टा नै खुल्ला गराउनेछु ,’ सिंहले भनिन् ।
काठमाडौं सार्वजनिक स्थानमा सार्वजनिक शौचालय राख्नुका साथै निःशुल्क खानेपानीको व्यवस्था पनि गर्ने उनको भनाइ छ । काठमाडौंका मतदाताको शिर निहुरीने काम गर्न नदिने उनले प्रतिबद्धता जनाइन् ।
‘म महानगरमा कामको लागि आउने दाजुभाई दिदिबहिनीको शिर निहुरीन दिने छैन् । म काठमाडौंलाई महान घर जस्तो बनाएर राख्नेछु । यहाँ आउने सबैलाई राम्रोसँग सेवा प्रवाह गर्नेछु ।’ सिंहले भनिन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend