Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापानद्वारा रूसमाथि थप प्रतिबन्धको घोषणा


    शुक्रबार, बैशाख २३ २०७९
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । जापानले रूसमाथि थप प्रतिवन्ध लगाएको छ। छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरिरहेको रूसमाथि थप प्रतिबन्ध लगाएको घोषणा गर्दै जापानका प्रधानमन्त्री फुमियो किशिदाले थप १४० रूसी नागरिकको सम्पती रोक्का गरेको जानकारी दिएका छन्।

    यसका साथै उनले निर्यातमाथि लगाएको प्रतिवन्ध थप बढाएका छन्।

    लण्डन भ्रमणमा रहेका जापानी प्रधानमन्त्री किशिदाले बेलायती समकक्षी बोरिस जोनसनबीच भएको दुई पक्षीय बैठक पछि रूसमाथि आफूले थप प्रतिवन्ध लगाउने निर्णय गरेको जानकारी दिए।

    बेलायतमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले रूसले युक्रेनमाथि गरेको हिंशाको परिणाम चुकाउनुपर्ने भन्दै उनले आज युरोपले भोगिरहेको स्थिति कुनै दिन पूर्वी एसियाली मुलुकले पनि भोग्नसक्ने सम्भावना रहेको बताए।

    यसअघि नै जापानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरी काटेरिना टिखोनोभा र मारिया भोरोन्टोभालगायत ३९८ रुसी नागरिकको सम्पत्ति रोक्का गरेको छ।

    युक्रेनमा आक्रमण सुरू भएदेखि जापानले रूस विरुद्ध लगातार आफ्नो प्रतिबन्धहरू विस्तार गरेको छ, जसमा कोइला र भोड्का जस्ता रूसी आयातहरूमा प्रतिबन्ध लगाउने, रूसमा नयाँ लगानी घटाउने र प्रमुख बैंकहरूको सम्पत्ति जफत गर्ने समावेश गरिएको छ ।

    अमेरिका र बेलायत लगायत अन्य राष्ट्रले पनि रूसमाथिको प्रतिबन्ध बढाउँदै लगेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार