Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले नजितेका नगरपालिकामा बजेट नपठाउने आरजुको अभिब्यक्ति विवादमा, सामाजिक संजालमा चर्को बिरोध


    बिहिबार, बैशाख २२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने अभिब्यक्ति विवादमा परेको छ ।

    बिहीबार डडेलधुरामा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्ने क्रममा राणाले नेपाली कांग्रेसले मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने अभिब्यक्ति दिएकी थिइन् ।  

    डडेल्धुरामा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले छुट्टै समूह खडा गरी स्थानीय तहमा उम्मेदवारी दिएका छन् । मल्लले नेपाली कांग्रेस (वीपी) पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार खडा गरेका छन् । जुन उम्मेदवारले कांग्रेसका उम्मेदवारहरुलाई जित्न कठिन हुँदै गएकाले आरजुले बिहीबार कांग्रेसले नजिते बजेट नपठाउने गैरजिम्मेवार अभिब्यक्ति दिएकी छन् ।

    कानुनकै बर्खिलाप आरजुको अभिब्यक्ति आएपछि सामाजिक संजालमा चर्को बिरोध भएको छ । उनले कर्ण मल्लको वीपी कांग्रेसलाई मत नदिन आह्वान पनि गरेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार