Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित


    बिहिबार, बैशाख २२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरुका प्रस्ताव तथा समर्थकहरु पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ। 

    बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो । 

    त्यस्ता विद्रोही उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकहरुको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरुको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपीसहित तत्काल केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिहरुलाई कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ । 

    विद्रोही उम्मेदवारहरुले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निस्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न यसअघि नै अनुरोध गरेको थियो । तर चितवनको भरतपुर र पोखरा लगायतका क्षेत्रका कांग्रेसका बागी उम्मेदवारहरुले पार्टीको त्यस्तो आग्रहलाई अस्वीकार गरेका थिए ।

    congress.jpg-15.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार