Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेन शाह अन्तर्राष्ट्रिय ठग हाे भन्दै हिडेका केशव स्थापितलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


    बिहिबार, बैशाख २२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ। 

    स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

    एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै टिप्पणी गरेका थिए । यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार